एनआरएनमा नक्कली प्रतिनिधि दर्ता छानबिनको माग


२९ आश्विन २०७४, आईतवार
NRN 1
Pgcf/Pg cf7f}F ljZj ;Dd]ng sf7df8f}Fdf zlgaf/b]lv z’? ePsf] u}/ cfjf;Lo g]kfnL ;+3 -Pgcf/Pg_ sf] cf7f}F ljZj ;Dd]ngdf /fi6«klt ljBfb]jL e08f/L, pkk|wfg tyf k//fi6« dGqL s[i0faxfb’/ dx/f, Pgcf/Pgsf cWoIf z]if 3n]nufot . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं: गैरआवासीय नेपाली संघको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ ।

NRN 1
फाइल तस्बिर

एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झन्डै ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएको छ । एनआरएन अमेरिकाका अध्यक्ष, आईसीसी केही पदाधिकारी र सचिवालयका एक कर्मचारीको मिलेतोमा अन्य देशका पनि सयौं जना नक्कली प्रतिनिधिको दर्ता गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

फर्जी सूची दर्ता गरेको अभियोगमा दर्ता प्रक्रियामा संलग्न एक कर्मचारीलाई निलम्बन गरिएको विश्वस्त सूत्रले जनाएको छ । शनिबार दर्तास्थलबाट एकाएक हराएका ती कर्मचारीले होटलको कोठामा गई ल्यापटपबाट नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ ।

यसैवीच एनआरएन अमेरिकाका साधारण सदस्य नारायण थापाले निर्वाचन आयोगलाई निवेदन लेखी प्रतिनिधि दर्ता प्रक्रियामा व्यापक घोटाला भएकाले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् ।NRNA usa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७