म्यानचेस्टर सिटीको शानदार जित,स्टोकको पोष्टमा सिटीको ७ गोल
काठमाडौँ: म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।
प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई ७–२ ले हराएको हो । म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले दुई तथा रहिम स्ट्रर्लिङ, डेविड सिल्भा, फर्नानडिन्हो, लिरोय साने र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।
स्टोक सिटीका लागि मेम मिरम डिउफले एक गोल गरे । म्यानचेस्टर सिटीका केली वालकरले आत्मघाती गोल गरे । म्यानचेस्टर सिटीले प्रिमियर लिगका ८ खेलमा २९ गोल गरिसकेको छ । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ अंक भएको छ ।
असोज २९ – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।