बार्सिलोनाको अपराजित यात्रा कायमै


२९ आश्विन २०७४, आईतवार
barcilona athletiko

काठमाडौं: लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ र ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।barcilona athletiko

शनिबार राति भएको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् ।घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले २१ औं मिनेटमा निगुरेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा यो अग्रता कायमै रह्यो ।

तर, ८२ औं मिनेटमा बार्सिलोनाका स्वरेजले बराबरी गोल फर्काए । त्यसअघि सकेण्ड हाफको सुरुमा नै लिओनल मेस्सीको फ्रिकिक पोष्टमा लागेको थियो ।बराबरीपछि बार्सिलोना ८ खेलबाट २२ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ । गेटाफेलाई हराएको रियल मड्रिड १७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ र लिग लिडर बार्सिलोनाभन्दा अझै ५ अंकले पछाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७