यौन सन्तुष्टिमा लिङ्गको आकारले फरक पार्छ कि पार्दैन ?


२७ बैशाख २०७५, बिहीबार
sex 1

काठमाडौं, २७ बैसाख । महिलाको यौन सन्तुष्टि पुरुषको लिङ्गको आकारमा भन्दा यौन जोडीबीचको प्रेमिल क्रिडामा भर पर्छ । यौन आनन्दमा लिङ्गको आकारले खासै फरक पार्दैन ।

sex 1
तस्विर : गुगल

लिङ्ग जुनसुकै आकारको भए पनि भगांकुरका साथै योनी मार्गको बाहिरतर्फको एक तिहाइ भाग (जी स्पट) मा घर्षण हुँदा महिलाले बढी यौन सन्तुष्टि प्राप्त गर्छन् । स्त्रीमा चरम सुख तीन किसिमका अर्थात् क्लाइटोरल (भगांकुर घर्षण), भेजाइनल (योनी मार्ग घर्षण) र ब्लेन्डेड (मिश्रित) हुन्छन् ।

चरम सन्तुष्टिका बेला महिला मस्तिष्कले अरू केही सोचेकै हुँदैनन् । धेरै महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । हतारमा यौन कार्य, शीघ्र स्खलनसँगै पुरुष लिङ्गको शिथिलता लगायत पुरुष यौन साथीको स्वार्थी प्रवृत्तिका कारण तथा आफ्नो यौनेच्छा र सन्तुष्टि व्यक्त नगर्ने स्वभावका कारण पनि महिलाहरूले पटक–पटक चरम सन्तुष्टि प्राप्त गर्न पाउँदैनन् । महिलाहरूले चरम सुख प्राप्त गर्न नसक्नुमा जैविक कमजोरी वा वंशाणुगत कारण पनि हुनसक्छ ।

पुरुष यौन साथीद्वारा गरिने दमित व्यवहार तथा वैवाहिक अवस्थाको थुप्रै बाध्यताले महिलाहरू आफ्नो इच्छा, चाहना वा सन्तुष्टि व्यक्त गर्न नसक्ने हुन्छन् । एक सर्वेक्षणअनुसार करीब ४३ प्रतिशत महिलाले यौन सन्तुष्टि प्राप्त गर्न नसकेको देखाए पनि यौन क्रियाकलापका क्रममा पाकक्रीडालाई जोड दिएको खण्डमा यस्तो अवस्थालाई धेरै हदसम्म कम गर्न सकिन्छ । सम्भोगअघि पाकक्रीडामा पर्याप्त समय दिनुपर्छ ।

चरम सुखको पहिलो चरणमा यौन उत्तेजनासँगै महिलाको अनुहार, छाला तथा शरीरमा रातोपन देखिन्छ भने योनीश्राव बढ्न थाल्छ । दोस्रो चरणमा महिलाको योनी तथा आसपासको क्षेत्रका साथै स्तन एवम् मुन्टोमा कडापन आउँछ । यी चरणमा महिलाको मुटु तथा श्वास प्रश्वासको गति बढ्छ । ओठ तथा कानको लोतीमा रक्तप्रवाह वृद्धि भई रातोपन देखिनुका साथै योनीद्वार बाहिरको पत्रमा हल्का निलोपन आउँछ । पाठेघर अलिकति उचालिन्छ । यी शुरुवाती दुई चरणले निरन्तरता पाएन भने सामान्य अवस्थामा टाउको दुख्ने, जीउ भारी महसुस हुने तथा आराम गर्न मन लाग्ने हुन्छ ।

यौन सन्तुष्टिमा लिङ्गको आकारले फरक पार्दैन

तेस्रो चरण अर्थात् चरम सुख प्राप्त गर्ने क्रममा महिलाको जनेन्द्रियका विभिन्न भाग खुम्चिने, फुक्ने अनि मुटुको चाल, श्वास–प्रश्वास दर पनि बढ्ने हुन्छ । यो चरणमा केही समयको अन्तरालमा पुरुष र महिला दुवैले चरम सुखको अनुभूति गर्न सक्छन् । कतिपय स्त्रीमा चरम सुखका दौरान पानी जस्तो योनीरस निस्कन्छ । एक अध्ययन अनुसार पुरुषको दाँजोमा महिलाले चार गुणा कम पूर्ण सन्तुष्टिको अनुभव गर्छन् ।

आफ्नै श्रीमानलाई पनि आफ्नो यौन अपेक्षा र यौन सन्तुष्टि खुलस्त भन्न नसक्ने हुनाले महिलालाई चरम सुखको स्थितिमा पुग्न तुलनात्मक रूपमा बढी समय लाग्छ । सम्भोगका क्रममा आफ्नो यौन साथीलाई खुशी पार्न, आफ्नो असन्तुष्टि व्यक्त गर्न नसक्दा, यौन कार्य छोट्याउन तथा बाध्यतावश यौन सम्पर्क राख्नु पर्दा महिलाहरूले चरम सुख प्राप्त गरेको नक्कल पार्न सक्छन्, तर पटक पटकको यौन असन्तुष्टिले भविष्यमा यौन चाहना घटने तथा यौन मनोरोग निम्तिने खतरा हुन्छ ।

चौथो चरण अर्थात् पूर्वावस्थाको चरण यौन सोच, यौन उत्तेजनादेखि यौन समागमसम्म यौनाङ्गमा आएका परिवर्तनहरू पूर्ववत् अवस्थामा फर्कन्छन् । हस्तमैथुनमा आंशिक रूपमा यी चरणहरू देखा पर्छन् । चरम सुखको चरणपछि महिलामा यौन उत्तेजना निरन्तर भइरह्यो भने एउटै बसाइमा उनीहरूले पटक–पटक चरम सुखको अनुभूति गर्न सक्छन् । पुरुषमा वीर्य स्खलनपछि अनिवार्य रूपमा केही समयको शिथिलता आउँछ । त्यसैले पुरुषले एउटै यौन प्रतिक्रिया चक्रमा पटक–पटक चरम सुख प्राप्त गर्न सक्दैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७