मधेसमा मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी !


२९ आश्विन २०७४, आईतवार
gadi

काठमाडौं : सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

gadi

मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् ।

शनिबार बिहान बा२झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल अगाडि भेटिएको हो । उक्त गाडीमा शशिभूषण साह सवार थिए । उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकारे । तर, उनी मन्त्रीको पुस्तक बिक्रीका लागि सरकारी गाडी प्रयोग गरेको विषयमा केही पनि बोलेनन् ।

स्रोतका अनुसार एक साताअघि नै उक्त गाडी लिएर सचिवालयका कर्मचारी व्यक्तिगत पुस्तक बिक्रीका लागि काठमाडौंबाट मधेस झरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७