शिर्ष नेताको लाइनमा विवादास्पद ल्यारकेल लामा


२८ आश्विन २०७४, शनिबार
Nepal CA Team

काठमाडौं : शनिबार संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको अन्तिम बैठक बस्नुअघि सामुहिक फोटोसेसनको कार्यक्रम थियो । अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्बिर खिचाउने कार्यक्रम थियो । व्यवस्थापिका–संसद अघि तस्बिर खिचाउने प्रबन्ध थियो । शिर्ष नेताहरुको लागि कुर्सीको व्यबस्था गरिएको थियो ।

Nepal CA Team

सभामुख घर्ती सहित प्रधानमन्त्री शेरबहादुर देउवा, दलका शिर्ष नेताहरुलाई कुर्सीको प्रबन्ध थियो । तर, त्यही शिर्ष नेता भएको लाइनमा विवादास्पद छविका ल्यारकेल लामा पनि देखिए । एमाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको सरकारमा अर्थराज्य मन्त्री थिए । दोहोरो नागरिकताको विषयले उनले पदबाट राजिनामा दिएका थिए ।

पुनरावेदन अदालतका न्यायधिस भोलाप्रसाद खरेलको नेतृत्वको छानविन टोलीले निर्दोष सावित गरेपछि उनी दोस्रो संविधानसभा निर्वाचनको मुखमा माओवादीमा प्रवेश गरेका थिए । उनी विवादका बिच माओवादीबाट संसद बनेका थिए । विवादास्पद छविका लामाको मनोनयनबारे आन्तरिक विवाद चर्किएपछि तत्कालिन एमाओवादी महासचिव कृष्णबहादुर महरासहितका नेताहरुले उनको सपथ ग्रहण रोक्ने प्रयास गरेका थिए । विवादास्पद छविका लामाले शिर्ष नेताहरुलाई प्रभाव पार्ने गरेको बताइन्छ । शनिबार पनि लामा शिर्ष नेताहरुसँग लाइनमा मात्रै बसेनन् । ठुला नेताहरुसँग नै भलाकुसारीमा व्यस्त देखिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७