राष्ट्रिय पोशाक अभियानका सयौं युवाहरु एमालेमा प्रवेश


२८ आश्विन २०७४, शनिबार
lalit youth

ललितपुर : ललितपुरमा राष्ट्रिय पोशाक अभियानका सयौँ युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले क्षेत्रीय समवन्य कमिटीद्वारा चापागाउमा आयोजित बृहत् कार्यक्रममा प्रवेश गरेका हुन् ।  उनीहरूलार्इ एमालेका पोलिटब्युरो सदस्य महेन्द्र पाण्डेले पार्टी प्रवेश गराए ।

lalit youth

पछिल्लो नाकाबन्दी को समयमा आत्मनिर्भर बन्नलाई लालितपुरका युवाहरूले राष्टिय पोशाक अभियान सञ्चालन गरेका थिए । एमालेको रास्ट्रबादी चरित्रका कारण आफूहरू एमाले प्रवेश गरेको एक नव प्रवेशी प्रबल महर्जनले बताए ।

कार्यक्रममा एमाले प्रवेश गरेका  डिआइजी नवराज सिलवालले लोकतन्त्र जनजीविका र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दृष्टिकोणमा एमालेले मात्र सही पार्टी भएकोले एमाले प्रवेश गरेको बताए । अब दुई तिहाइ बहुमत ल्याएर आर्थिक समृद्धी र विकासमा सबै लाग्न जरुरी आवश्यक छ उनले भने ।

कार्यक्रम युवा सङ्घका अध्यक्ष्य राजिब पहारीले रुसबाट जार शासनको अन्त्य एवम् भारतीय आन्दोलनमा युवाहरूको अगुवाइलाई उदाहरण दिँदै १९ वर्षका बुद्धको घर छोडेर शान्तिको अपिल गर्दा युवा जोस र उमेरले काम गरेको बताए ।उनले समतामुलक समाज निर्माण गर्दै सबैलाई समान अवसर दिन अबको युवा आन्दोलनको मुख्य एजेण्डा भएको बताए ।  नवराज सिलवाल जस्तो इमान्दार अधिकृतलाई राज्यले चिन्न नसकेको र उल्टै उनी माथि विभिन्न दुख दिने काम गर्न खोजेकोमा युवा संघले एक-एक हिसाब लिएर बसेको छ उनले भने  ।

कार्यक्रमका एमाले पोलिटब्युरो सदस्य महेन्द्र पान्डेले युवाहरू नै मुलुकको प्रमुख शक्ति भएको बताए ।  उनले अब देश विकासका लागी एमालेलाई प्रमुख शक्ति बनाएर पाच वर्ष सरकार चलाउनकाे विकल्प नरहेकाे बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७