‘एनआरएनए’ जापानका महासचिव ६ करोड ठगी अभियोगमा पक्राउ


२८ आश्विन २०७४, शनिबार
Anuj Thapa NRN JAPAN

काठमाडौं  : गैर आवासीय नेपाली सँग ‘एनआरएनए’ जापानका महासचिव अर्जुन थापा ६ करोठ भन्दा बढी ठगी आरोपमा पक्राउ परेको छ । शानिबारबाट सुरु भएको एनअनरएनका सम्मेलनमा सहभागी हुन आउँदा काठमाडौंबाट शुक्रवार पक्राउ परेको हाे । थापाले जापानी नागरिकलाई ६ करोड ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका छन् ।

Anuj Thapa NRN JAPAN
एनआरएन जापानका महासचिव अर्जुन थापा

थापालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरीले बताएको छ । शुक्रबारै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएका थापामाथि ठगी मुद्दामा कारबाहीको लागि अनुसन्धान गर्न थालिएको प्रहरीले जानकारी दिए ।
थापाले जापानी नागरीकाबाट नेपालमा स्कुल खोल्ने भन्दै एक जना जापानी प्राध्यापकबाट ६ करोड नेपाली रुपैयाँ लिएको उजुरी परेको छ । प्रहरीका अनुसार थापाले उक्त पैसा व्यक्तिगत र अन्य खर्च गरेको अनुसन्धानबाट पत्ता लागेको बताएका छन् ।
जापाननी नागरिकलाई थापाले नेपालमा गुणस्तरीय स्कुल खोलेर त्यसबाट प्रशस्न नाफा हुने लोभ देखाएर पैसा असुलेको देखिएको प्रहरलिे जानकारी दिए । तर, थापा पैसा लिएपछि जापानी नागरीकासँग टाढिएर थापाले नेपालमा आफ्नो नाममा घर, घडेरीदेखि गाडी समेत किनेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७