जग्गा निहुँमा दाजुभाइ खुकुरी हानाहान, २ मृत्यु १ घाइते


२८ आश्विन २०७४, शनिबार
khukuri

काठमाडौं : त्रिवेणी नगरपालिका ७ कालापानीमा जग्गाको विषयमा विवाद हुँदा खुकुरी प्रहरबाट दाजु भाइको ज्यान गएको छ । भने एक जना घाइते भएको छ ।
सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीय नौले र ३२ वर्षीय अर्जुन गिरीको ज्यान गएको प्रहरीले जानकारी एिको छ । प्रहरीका अनुसार मोहन र उनका भाइ गोरखाबीच जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो ।

khukuri
विवाद नमिले पछि गोरखाले आफ्नो २ छोरा २० वषीय योगेन्द्र र १६ वर्षीय दिनेश गिरीसँग मिलेर मोहनका परिवारमाथि खुकुरी, खुँडा र फलामका पाइपले आक्रमण गरेको थियो । आक्रमणमा नौले गिरीको घट्ना स्थलमै मृत्यु भएको थियो । भने, अजनु गिरीको उपचारको क्रममा मृत्यु भएको हो ।
साथै आक्रमणमा नरेश गिरी पनि घाइते भएको छ । उनकको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानएको छ ।
अहिले खुकुरी प्राहर गर्ने गोरखा र उनका २ छोरालाई प्रहरीले नियन्त्रण लिइसकेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७