निर्देशक धितालको अक्षमताका कारण बैकल्पिक ऊर्जाको १० अर्ब फिर्ता


२७ आश्विन २०७४, शुक्रबार
Ram P Dhital

काठमाडौं :  नवीकरणीय ऊर्जाको क्षेत्रमा दातृनिकायले दिएको १० अर्ब रुपैयाँ वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालको कारण फिर्ता भएको छ । कार्यकारी निर्देशक धितालको अक्षमताकाकाे कारण १० अर्ब रुपैयाँ सहयोग फिर्ता भएको हो ।
वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक धिताल, प्रशासन प्रमुख रुद्र खनाल र लेखाप्रमुख चन्द्रकिशोरप्रसाद चौधरीले केन्द्रमा गरेको अनियमितताको बारेमा संसदको सार्वजनिक लेखासमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । केन्द्रमा भएका अनियमितताका बारेमा अख्तियारमा दर्जनौं उजुरी परेका छन् । केन्द्रमा ६ अर्बभन्दा बढी बेरुजु छ ।
बिल भर्पाई नै नभएको बेरुजु नै ९० करोड भन्दा माथि छ । धरौटी खातामा ४० करोड माइनस छ । धरौटी खाताको रकम समेत धितालको समूहले अनियमितता गरेको पुष्टी भएको छ । बिल भर्पाई नै नभएको बेरुजुको हिसाब मिलाउने काममा धितालले लेखाका चौधरी र प्रशासनका खनाललाई परिचालन गरेका छन् । अख्तियारले समयमै भ्रष्टाचार गर्नेहरुलाई निलम्बन नगरेका कारण चौधरी र खनालले रातदिन लगाएर पुराना मितिका फर्जी बिल तयार गर्ने मौका पाएका छन् ।

Ram P Dhital

बेरुजुको बिल भर्पाइ मिलाउन केन्द्रबाट सबै खातापाता लिएर खनाल र चौधरीले होटलमा बसेर फर्जी बिल भर्पाइ बनाएको केन्द्रका एक कर्मचारीले जानकारी दिएका छन् । विगत १ महिनादेखि प्रशासन प्रमुख खनाल र लेखाका चौधरीको काम नै होटलमा फर्जी बिल भर्पाइ बनाउने हु“दैआएको छ । बैकल्पिक ऊर्जा केन्द्रको फस्र्योट गर्नुपर्ने बेरुजु ६ अर्ब ९८ करोड ९२ लाख २० हजार २ सय ०४ रुपैया“ छ । त्यसमध्ये ९० करोड रुपैया“ बेरुजुको बिल भर्पाई हुने आधार छैन ।
लेखाप्रमुखले प्रमाण कागजात तयार गरी नियमित गराई फस्र्योट गर्नुपर्ने बेरुजु रु ६ अर्ब ९८ करोड ९२ लाख २० हजार २९४ रुपैया“ ९८ पैसा देखिएको छ । ह्यान्डलिङ बैंक ९केन्द्रको खाता रहेको ग्लोबल आईएमई बैंक० गर्ने कारोबार तर्फको पेश्की र असुल गर्नुपर्ने बेरुजु बाहेक १ अर्ब ८२ करोड ८ लाख १२ हजार ७४८ रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी दुवैतर्फको पेश्की र असुल गर्नुपर्ने बेरुजु बाहेकको कुल रु ८ अर्ब ८१ करोड ३३ हजार ४३ रुपैया“ ३९ पैसा रहेको छ । जुन नेपाल सरकारका उपसचिवले प्रमाणित गरेका छन् । यो बेरुजुको डरलाग्दो तथ्य हो । तर कार्यकारी निर्देशक धिताल भने ३८ अर्ब मात्र बेरुजु रहेको भन्दै सत्यमाथि पर्दा हाल्न उद्यत भएर लागेका छन् ।
धिताल, खनाल र चौधरीको त्रिशक्ति समूहले केन्द्रको सफट्वेयर नै बिगारी जरिवाना रकमको ४ करोड ३३ लाख ९४ हजार २१० रुपैयाँ समेत भ्रष्टाचार गरेका छन् । केन्द्रमा सचीकृत सौर्यऊर्जा कम्पनीहरुको सफट्वेयरमा छुट्टाछुट्टै कोड राखिएको छ । तर धितालको समूहले सफट्वेयरमै हिसाबकिताव गोलमाल गरी ४ करोड भन्दा बढी भ्रष्टाचार गरेको छ । सार्वजनिक लेखासमितिमा सक्कली हिसाब र म्यानुपुलेट गरेको दुवै हिसाबको विवरण समेत दिइएको छ । धितालको समूहले महालेखा नियन्त्रक कार्यालयले खटाएका लेखा नियन्त्रकलाई काम गर्न नदिई तनाव दिएर ३ महिनामै सरुवा गराएको छ ।
बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा ५ हजार भन्दा बढी बायोग्यासको अनुदानसम्बन्धी फाइल नै गायब पारी अनियमितता गरिएको छ । एउटा बायोग्यास बराबर ३० हजार अनुदान दिने ब्यवस्था छ । यस हिसाबले ५ हजार बायोग्यासको १५ करोड रुपैया“ धिताल, खनाल र चौधरीको समूहले अनियमितता गरेको छ । बायोग्यासमा दिएको अनुदानमा भएको अनियमितताको बारेमा दातृनिकायले सबै फाराम एउटा कोठामा राखी सिलबन्दी गरेर छानबिन सुरु गरेका छन् । दातृनिकायले यसबारेमा सोधखोज गर्दा धिताल समूहले जवाफ दिन सकेको छैन । र, ती ५ हजार फारमहरु ह्यान्डलिङ बैंकमा हुनसक्ने भनेर झुक्याउने काम गर्दैआएका छन् । केन्द्रको ह्यान्डलिङ बैंक ग्लोबल आइएमई हो । धिताल समूह, केही निजी कम्पनी र बैंकको आपसी मिलेमतोमा ५ सय नक्कली फाराम खडा गरी भ्रष्टाचारको १५ करोड रुपैया“ भागबण्डा गरिएको समाचार छ ।
यसैगरी ऊर्जाको परिप्रयोगमा प्रदान गरिने अनुदानमा धिताल समूहले ब्यापक घोटाला गरेकाले सो कार्यक्रममा दातृनिकायले छुट्याएको रकम २ बर्षअघि नै बन्द गरिसकेको छ । हाल उक्त कार्यक्रममा कुनै पनि दातृनिकायले सहयोग गर्न रुची नराखेको बुझिएको छ । ऊर्जाको परिप्रयोग कार्यक्रममा भएको अनियमिततामा पनि दातृनिकायले चासोका साथ छानबिन गरिरहेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७