तनहुँमा रामचन्द्र पौडेललाई छोरीकै कडा चुनौती


२७ आश्विन २०७४, शुक्रबार
ram chandra paudel and om kumari

 काठमाडौं : नेपाल कांग्रेसकाे  वरिष्ठ नेता रामचन्द्र पाैडेललार्इ अासन्न प्रदेश सभा र  प्रतिनिधिसभा  सदस्यमा चुनाव जित्न धेरै गाह्राे पर्ने भएकाे छ ।  तनहुँलार्इ कांग्रेस वरिष्ठ नेता पौडेलको आधारभूमि मानिए पनि उनकै छाेरी पुस्ताकी ओमकुमारी पौडेलले कडा चुनाैती दिने भएकी हुन् ।

ram chandra paudel and om kumari

तनहुँ क्षेत्र नम्बर १ बाटप्रतिनिधिसभातर्फ प्रत्यक्षमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सिफारिस गरेको छ । यस्तै माअाेवादी केन्द्रले ओमकुमारी पौडेल र हरिबहादुर चुहानको नाम सिफारिस गरेको छ । स्रोतका अनुसार टिकट पाउनेमा माओवादीको पोलिटब्युरो सदस्य ओमकुमारीको सम्भावना बलियो देखिएको छ । यदि ओमकुमारीले टिकट पाएको खण्डमा बाबु पुस्ताका रामचन्द्र पौडेल र छोरी पुस्ताकी ओमकुमारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 एमाले, माअाेवादी र नयाँ शक्ति बीचकाे वामगठबन्धनका  कांग्रेस वरिष्ठ नेता पौडेललार्इ ओमकुमारीले कडा टक्कर दिनेछिन् । एउटै घरानाका पौडेलबीचको चुनावी घम्साघम्सीमा कसले जित पार्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्यद्धय शंकर भण्डारी, गोविन्द भट्टराई, पुर्व सहमहामन्त्री गोविन्दराज जोशी, सांसद रामचन्द्र पोख्रेल र महिला संघ तनहुँकी पुर्व अध्यक्ष शशी आचार्य रहेका छन् । समानुपातिक तर्फ पुर्व केन्द्रिय सदस्य अमरराज कैनी, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ, महाधिवेशन प्रतिनिधि चिनु पोख्रेल, पुर्व महासमिती सदस्य तेज बहादुर पन्त, शिक्षक संघको पुर्ब अध्यक्ष रमेशचन्द्र हड्खले रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७