राजपा महासचिव त्यागेका सांसद राय कांग्रेसबाट उम्मेदवार सिफारिस


२७ आश्विन २०७४, शुक्रबार
Jangilal Yadav जंगिलाल राय

सर्लाही : राजपाका महासचिव पद त्यागेर कांग्रेस छिरेका सांसद जंगिलाल राय सर्लाहीबाट प्रतिनिधीसभा सदस्यको सिफारिसमा परेका छन् ।Jangilal Yadav जंगिलाल राय

कांग्रेस सर्लाहीले सांसद जंगिलाल रायलाई क्षेत्र नम्वर २ बाट सिफारिस गरेको हो ।
केही समय अघि नेतृत्वसँग असन्तुष्ट भई स्थानीय तह निर्वाचनको मुखमै राजपा छोडेका थिए ।
स्थानीय तह निर्वाचनमा आफ्नो गृह नगर कविलासी नगरपालिकामा आफू नजिकका व्यक्तिलाई टिकट नदिएको भन्दै सांसद रायले राजपा नेपाल परित्याग गरेका थिए ।
राय २०७० को संविधान सभा निर्वाचनमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्लाही क्षेत्र नम्वर ५ बाट विजय भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७