सभामुखले बोलाइन शीर्ष नेतालाई


२७ आश्विन २०७४, शुक्रबार
Onsari Gharti Magar 1

काठमाडौं: चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।दिउँसो साढे २ बजे संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरिएको सभामुख घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा ‘बबिन’ले जानकारी दिए ।

Onsari Gharti Magar 1

आमरण अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याएको छ । तर, एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताएका छन् ।
विधेयक रोकिने देखेपछि डा.केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।उनले बिहीबार पनि शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित तीन दलका प्रमुख सचेतकहरुसहितको बैठक आह्वान गरेकी थिइन् । तर त्यो बैठकमा कुरा मिल्न सकेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७