सुन्दरहरैचामा तुलसी पराजुली पलेँटी साझ हुने


२७ आश्विन २०७४, शुक्रबार
paleti sajha 1

बेलबारी(मोरङ) : सुन्दरहरैचा नगरपालिका खोर्साने स्थित सिद्धार्थ बोर्डिङ स्कुलमा असोज ३० गते चर्चित राष्ट्रिय लोक गायक तुलसी पराजुलीको पलेँटी साझ हुने भएको छ । रेडियो सुसेलीको कार्यक्रम नझरेका फूलहरुको ब्यानरमा तुलसी पराजुली पलँेटी साझ हुन भएको हो ।

paleti sajha 1
गायक तुलसी पराजुलीको पलेटी साँझ कार्यक्रम पहिलो पटक भएको उनले बताएका छन् । आफ्ना नयाँ पुराना गीत प्रस्तुत गर्ने गायक पाजुलीले बताए ।
कार्यक्रम संयोजक तथा नझरेका फुलहरुका प्रस्तोता केपी घिमिरेले पलेटी साझ कार्यक्रम रेडियो सुन्न बन्चित रहेका स्थानीय स्रोताहरुको निम्ति साथै साहित्य, कला र सङ्गीतको संरक्षण र प्रबद्न गर्ने उद्देश्यले आयोजना गरिएको बताए । कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने घिमिरेले बताएका छन् ।
पलेटी साझ कार्यक्रममा रामकृष्ण ढकाल जस्ता चर्चित राष्ट्रिय गायकले पनि आफ्नो प्रस्तुति रामकृष्ण पलँेटी साझबाट गरी सकेका छन् । व्यवस्थापन संयोजक अर्जुन गजुरेलले पलेँटी साझ , सङ्गीतमा अनन्द दिने कार्यक्रम भएकोले प्रतेक कार्यक्रमलाई नैलो र व्यवस्थित गरी गर्ने जमर्को गरेको बताए । व्यवस्थापन संयोजक गजुरेलले कार्यक्रमको तयारी सकिन लागेको र तुलसी पलेँटी साझ कार्यक्रम भब्यसब्य गरी सम्पन्न हुने बताएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७