दोलखाको किर्नेटारमा बन्छ संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन


२७ आश्विन २०७४, शुक्रबार
Bitcoin1

काठमाडौं : संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो ।

Bitcoin1

हालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले पक्राउ गरेर काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाहले हंङ्कङवाट विटक्वाइनको उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेका हुन् । प्रशान्त प्रताप शाह अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका व्यक्ति हुन् ।

आज सिआइवीले दोलखाको खिम्तिमा गइ छापा मारेर विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ । प्रहरीले बिटक्वाइनको माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप एक थान लगायतका सामान बरामद गरेको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७