समाजवादी फोरम र नेकपा मार्क्सवादबीच एकता


२६ आश्विन २०७४, बिहीबार

काठमाडौं : सङ्घीय समाजवादी फोरम र नेकपा संयुक्त मार्कसवादी पार्टीबीच एकता भएको छ ।

बिहीबार रिपोटर्स क्लबमा समाजवादी र संयुक्त मार्कवादी पार्टीबीच एकता भएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रि गर्दै दहरुबीच चुनावी गठबन्दन र पार्टी एकता तीव्र भएसंगै समाजवादी फोरम र संयुक्त माक्सवादीले पनि पार्टी एकता गरेको हो ।

sanghiya samajbath

पार्टी एकता कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले वाम र लोकतान्त्रिक एकता वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकाश गरेर उत्पीडित, मधेसी, जनजाति, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महसुस गराउने बताएका छन् ।

यादवले चुनावमा लोकतान्त्रिक गठबन्दन गर्नुमा काँग्रेसको उदारता र क्षमतामा भर पर्ने बताए । ‘काँग्रेसले चुनावी गठबन्धन गर्न आग्रह गरेको छ, हामीले सहर्स स्वीकार गरेका छौँ ।’ उनले भने, ‘तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल काँग्रेसको कोर्टमा छ।’

नेपाल कम्युनिस्ट पार्टी संयुक्त मार्क्सवादका महासचिव प्रकाश अधिकारीले वाम गठबन्धनलाई हाम गठबन्धनको संज्ञा दिएका छन् । आफ्नो पार्टी लोकतान्त्रिक क्रान्त्रिको गर्भबाट जन्मेको भन्दै महासचिव अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७