राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा


२६ आश्विन २०७४, बिहीबार
Nepal President Bidya Devi Bhandari

बैतडी : राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम)को भ्रमणमा अाएकी छिन्।राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिए ।

Nepal President Bidya Devi Bhandari

उनले भने, “खप्तडबाट फर्किएर आज नै उनको डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।”

राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको भए पनि कार्य व्यस्तताले अरू जिल्लाको भ्रमण गर्न नसकिने बताइएको छ ।

राष्ट्रपति भण्डारी दुईदिने भ्रमणका लागि बुधबार सुदूरपश्चिमको डोटी आएकाे हो । राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आइपुगेकाेले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७