जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा


२६ आश्विन २०७४, बिहीबार
jamuna gurung

काठमाडौं: जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणागैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।jamuna gurung

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले एनआरएनएलाई विश्वकै सफल संस्थाकोरुपमा स्थापित गर्न उम्मेदवारी घोषणा गरेको बताइन् ।

उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । आफूले उम्मेदवारी दिनेमा गैरआवासीय नेपालीहरुको माग र अपेक्षा पूरा गर्न, एनआरएनएका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोज नाहरुलाई समयसीमाभित्र सम्पन्न गर्नेलगायत उद्देश्य रहेको बताइन् ।

एनआरएनए अध्यक्षमा यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार आठ सय प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७