प्रमुख दलका उम्मेदवारकाे सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारीसम्म !


२६ आश्विन २०७४, बिहीबार
प्रमुख दलका सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारीसम्म

काठमाडौं: प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न थालेका छन् । दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेका छन् ।प्रमुख दलका सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारीसम्म

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन नजिकिदैं गर्दा राजनीतिक दल कांग्रेस र एमालेले विवादित पृष्ठभूमिका अनुहार सिफारिस गरेका छन् । नेपाली कांग्रेसले गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन, खुमबहादुर खड्का, गोबिन्दराज जोशी लगायतलाई सिफारिसमा गरेको छ । भने अर्का विवादित व्यक्ति रोज राणा अर्थात् सरोज थापा पनि सूचीमा अटाएका छन् ।

मिनकृष्ण महर्जनलाई ललितपुर र राणालाई प्युठानबाट प्रदेशसभाको उम्मेदवारका लागि जिल्ला कमिटीले सिफारिस गरेको हो । यस्तै राजनीतिक दल सम्बन्धी ऐन र संविधानले समेत उम्मेदवारका लागि अयोग्य ठहर गरेका खुमबहादुर खड्कासमेत सिफारिसमा पर्न सफल भएका छन् ।

नेपाली कांग्रेस दाङले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट सिफारिस गरेको छ । तनहुँबाट गोविन्दराज जोशी पनि सिफारिसमा परेका छन् । उनी तनहुँ–१ का लागि सिफारिसमा परेका हुन् । जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा फैसलाको पालो पर्खेर बसेको छ ।

यता एमालेले पनि गुन्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा उम्मेदवारको लागि सिफारिस गरेको छ । एमालेले आफ्नो चुनावी मापदण्डमा सार्वजनिक आचरण राम्रो भएको र संविधान र कानुन अनुसार उम्मेदवार हुन योग्य व्यक्ति सिफारिस गर्नुपर्ने भनेपनि मनाङेलाई जिल्ला कमिटी मनाङले सिफारिस गरेको हो ।

एमालेबाट सिफारिस भएका दीपक मनाङेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा छ । उनको मुद्दा किनारा लागेको छैन । मनाङेपछि उम्मेदवार हुने दौडमा काभ्रेका गुन्डा नाइके गणेश लामा पनि लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७