डाँगिहाट गोल्डकपमा एपिएफ झापाको विजयी सुरुवात
बेलबारी(मोरङ) : बेलबारी नगरपालिका वाड नं. १० दोस्रो डाँगिहाट गोल्डकप २०७४को सुरु भएको छ । बुधबार भएको पहिलो खेल सशस्त्र प्रहरी बल झापाले धरान–११ लाई हराएर विजयी सुरुवात गरेको छ ।
सशस्त्र प्रहरी बल झापाले २३ मिनेटमा बुद्धिमान राईको सानदार गोल मार्फत अग्रता लिए । उनले सुशील राईको क्रसबाट गोल गरेका थिए । यस्तै ३७ मिनेटमा जर्सी नं. ११ का खेलाडी धन बहादुर श्रेष्ठले दोस्रो गोल र खेलको हापटाईम पछि ७ मिनेट बुद्धिमान राई नै थप गोल गरे । धरान–११ धरान सुनसरीको तर्फबाट हाप टाइमको २९ मिनेटमासुवर्ण लिम्बुले १ गोल फर्काएका थिए ।
खेलमा बुद्धिमान राई म्यान अफ द म्याच घोषित भए । म्यान अफ द म्याच घोषित राईले नगद पुरस्कार तीन हजार रुपैयाँ प्राप्त गरे । उक्क रकम बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुली दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले दोस्रो डाँगिहाट गोल्डकप २०७४ ले बेलबारी नगरमा खेल क्षेत्रको विकास गर्न सहयोग पुग्ने बताए ।
बिहीबारको खेल मुनाल क्लब चन्द्रगढी, झापा र डाँगिहाट फुटबल क्लब (निलो) मोरङ बिच हुने छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उपबिजेताले दोस्रो पुरस्कार १ लाख १ हजार प्राप्ता गर्ने छन् । आयोजक क्लबका अध्यक्ष छत्र लिम्बुले बताए । खेलको दोस्रो पुरस्कार दि रिभर ओभरसिजले प्रायोजन गरेको छ भने बुद्ध एयर र नेपाल आईस बियरले प्रायोजकको भूमिकामा रहेका छन् ।