पोर्नस्टारको फ्यान मिथुनका छोरा
एजेन्सी, बलिउडका चर्चित नायक मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्ती प्रसिद्ध पोर्नस्टार केडन क्यान्सकी फ्यान भएको बताएको छ । मिमोहले पोर्नस्टार क्यान्सलाई भेटेको सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । उनले आफूले भेटेको पोर्नस्टारको तस्बिर सार्वजनिक गर्दै केडनलाइ भेटेपछि खुसी भएको उल्लेख गरेका छन्।
हिन्दी चलचित्र ‘जिम्मी’बाट करिअर सुरु गरेका मिमोहले विक्रम भट्टको हरर चलचित्र ‘हन्टेड थ्रीडी’ मा पनि काम गरेका छन् । चलचित्र सफल भए पनि उनको करिअर भने माथि उठ्न सकेन ।