मेस्सीको जादूमयी खेलपछि अर्जेन्टिना विश्वकपमा, हेर्नुहोस् रोमञ्चक तस्बिरहरु


२५ आश्विन २०७४, बुधबार
Messi 0

एजेन्सी :  इक्वेडरविरुद्ध लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकप २०१८ का लागि छानिएको छ। बुधबार बिहान इक्वेडरविरूद्ध मेसीका तीन गोल हानेर रसिया विश्वकपमा अर्जेटिनाको सिट सुरक्षित गराएका हुन्। दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार अर्जेन्टिनाले इक्वेडरलाई उसैको मैदानमा ३ – १ ले पराजित गरेको हो ।

विश्वकप छनोटको लागि जित्नै पर्ने दबाब रहेको खेलमा अर्जेन्टिनाको लागि कप्तान मेस्सीले तीनै गोल गरे । इक्वेडरका रोमारियो इब्राले एक गोल फर्काए । जितसंगै अर्जेन्टिनाले रुस विश्वकपमा यात्रा पक्का गरेको छ । खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको पहिलो मिनेटमा नै इब्राले गोल गर्दै इक्वेडरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसपछि अर्जेन्टिनाका कप्तान मेस्सी नायक बने । खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई खेलमा फर्काए ।

Messi 0

खेलको १८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २ – १ को अग्रता बनायो । दोस्रो हाफमा अर्जेन्टिनाले थप एक गोल गर्यो । खेलको ६२ औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरि अर्जेन्टिनालाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै अर्जेन्टिना छनोटको तेस्रो स्थानमा समेत उक्लिएको छ । अर्जेन्टिनाले १८ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना शिर्ष स्थानको ब्राजिलभन्दा १३ र दोस्रो स्थानको उरुग्वेभन्दा ३ अंकले पछि छ । १० राष्ट्र रहेको यो क्षेत्रबाट शिर्ष ४ टोलीले विश्वकप यात्रा तय गर्ने छन् । पाँचौ हुनेले प्ले अफ खेल्न पाउने छ ।

यो क्षेत्रबाट ब्राजिल र उरुग्वेले पनि विश्वकपमा स्थान पक्का गरिसकेको छ । बुधबार चिलिलाई ३ – ० ले पराजित गरेको ब्राजिलले ४१ अंक जोडेको छ । बोलिभियालाई ४ – २ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको उरुग्वेको ३१ अंक छ । यो समूहमा कोलम्बिया चौथो र पेरू पाँचौ स्थानमा छन् ।

यो क्षेत्रबाट ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि विश्वकपमा स्थान पक्का गरिसकेको छ । बुधबार चिलिलाई ३ – ० ले पराजित गरेको ब्राजिलले ४१ अंक जोडेको छ । बोलिभियालाई ४ – २ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको उरुग्वेको ३१ अंक छ । यो समूहमा कोलम्बिया चौथो र पेरू पाँचौ स्थानमा छन् । पेरूले प्ले अफमा स्थान बनाउदा छैटौं स्थानको चिली भने विश्वकपमा स्थान बनाउन असफल भएको छ

Di Maria and Marco Acuna celebrate with the forward after he put them back on track to qualify for the 2018 World Cup

Di Maria

MessiMessi1 Messi 1messi 3

On 20 minutes Messi had turned the game on its head firing home from the edge of the box to put Argentina 2 1 up

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७