पार्टीको निर्णय प्रक्रियाप्रति भुसालको ‘नोट अफ डिसेन्ट’


२३ फाल्गुन २०७४, बुधबार
Ghanashyam Bhusal

काठमाडौं, २३ फागुन : एमालेका उपमहासचिव घनश्याम भुसालले निर्णय प्रक्रियाप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । राष्ट्रपतिको उम्मेदवार, संसदीय दलको नेता तथा पार्टीबाट गत निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया प्रति असहमति राख्दै भुसालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

Ghanashyam Bhusal

व्यक्ति प्रति होइन, निर्णय प्रक्रियाप्रति असहमति रहेको उनको भनाई छ । एउटा व्यक्तिको हकमा भयंकर छलफल गर्नुपर्ने तर अर्को व्यक्तिको हकमा बैठकमा छलफल, सुनुवाई समेत नहुने, अपारदर्शी र विधीप्रक्रिया मिच्ने प्रवृत्ति प्रति आफ्नो असहमति रहेको बताए ।

मंगलबार राती भएको एमालेको स्थायी कमिटि बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको थियो । अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । बैठकमा भुसालले निर्णय प्रक्रियाप्रति ‘नोट अफ डिसेन्ट’ राखेका हुन् ।

बैठकमा उपमहासचिव घनश्याम भुषालले पार्टी बिधि र नियममा नचलेको भन्दै बिरोध गरेका थिए । उनले संसदीय दलको नेतामा आफूले उम्मेदवारी दिन चाहेको तर बैठक बारेमा अन्तिम समयसम्म जानकारी नै नदिएको बताए । १२ बजे हुने संसदीय दलको बैठकबारे आफूले ११.४५ मा मात्र थाहा पाएको उनले बताए । भने,‘अध्यक्ष ओलीविरुद्ध म संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहन्थें, तर मलाई संसदीय दलको बैठकबारे अन्तिम समयसम्म जानकारी दिइएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७