दीपक मनाङे एमालेबाट उम्मेद्वार सिफारिस


२४ आश्विन २०७४, मंगलवार
deepak manage

मनाङ : कांग्रेस र एमालेले हिमाली जिल्ला मनाङमा प्रतिनिधीसभाको र प्रदेशसभाको लागि उम्मेदवारको टुंगो नाम लगाएको छ । एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ । यस्तै कांग्रेसले सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ ।
deepak manage

त्यस्तै एमालेले समानुपातिकतर्फ पासाङ विष्ट, याङ्डुुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्नकुमारी गुरुङ र नन्द गुरुङको नाम सिफारिस गरेको छ । भने कांग्रेसले संघमा कर्म घलेलाई सिफारिस गरेको छ ।

प्रदेशसभा अन्र्तगत कांग्रेसले क्षेत्र न. १ मा चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ । भने समानुपातिक तर्फ साङ्दो लामालाई सिफारिस गरेको छ । यस्तै, कर्म गुरुङलाई प्रत्यक्षतर्फ कांग्रेसले प्रदेश क्षेत्र नं. २ मा सिफारिस गरेको छ ।भने समानुपातिक तर्फ सागर गुरुङ (टाइगर) र महिलातर्फ छिरिङओङ्मा घले गुरुङलाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नं. १ मा एमालेले प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । क्षेत्र न. २ बाट एमालेले राजीव गुरुङ (दीपक मनाङे)लाई सिफारिस गरेको छ । समानुपातिकतर्फ पासाङ विष्ट, याङ्डुुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्नकुमारी गुरुङ गरेको छ ।
४ वटा स्थानीय तह रहेको मनाङमा नेस्याङ र नारफू गाउँपालिका प्रदेश क्षेत्र नं.१ मा पर्छ । प्रदेश क्षेत्र नं. २ मा चामे र नासोङ गाउँपालिका पर्छ । मनाङमा करिव ६ हजार मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७