पहिचानको मुद्दा नछाड्ने प्रचण्डले दिए किरातीलाई आश्वासन


२४ आश्विन २०७४, मंगलवार
Prachanda and gopalkirati

काठमाडौं : नेकपा (एमाले) र नयाँशक्तिसँग आसनन चुनावमा तालमेलसँगै पार्टी एकताका प्रक्रियामा अगाडि बढेका माओवादी केन्द्रले हुँदा माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएका छन् ।

Prachanda and gopalkirati

सोमबार पेरिसडाँडामा बसेको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाडिने आश्वासन दिएका हुन् ।

एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको निर्णयप्रति विरोध जनाएका गोपाल किराती र मातृका यादवले विरोध जनाएका थिए । प्रचण्डको आश्वासनपछि किरातीले माओवादी केन्द्रबाट तत्काल विद्रोह नगर्ने प्रतिवद्धता जनाएका छन् । किरातीले पार्टीबाट विद्रोह गर्ने चेतावनी प्रचण्डलाई दिएका थिए भने यादवले चाहिँ असन्तुष्टिका बावजुद विद्रोह नगरी अन्तरसंघर्ष चलाउने बताउँदै आएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७