२ चुनावका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिने


२४ आश्विन २०७४, मंगलवार
madyee police म्यादी प्रहरी

काठमाडौं : मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वानको लागि सरकाले म्यादी प्रहरीको भर्ना सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यलयले मंलबार सूचना जारी गरी ९८ हजार २ सय ६८ म्यादी प्रहररिमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यलयले एक हप्ताको म्याद जारी गर्दै आजबाटै लागु हुने गरी सूचना जारी गरेको हो । म्यादी प्रहरीमा भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म जारी रहने जनाएको छ ।

madyee police म्यादी प्रहरी
फाइल तस्बिर

म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको छनौट भने कात्तिक ५ गतेदेखि ८ गतेसम्म सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । इच्छुक उम्मेदवारले दरखास्त ७५ जिल्लाका प्हरी कार्यलयमा दिन पाउने छन् ।

म्यादी प्रहरीको उम्मेदवार बन्न १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने छ । भने, कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रूपले तन्दुरुस्तले उम्मेदवारी दर्ता गर्न पाउने छन् । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।

उपत्यकाको हकमा प्रहरी परिसरहरु काठमाडौँ, भक्तपुर र ललितपुरमा दरखास्त बुझाउन सकिने छन् । भने नवलपरासी र रकुमको हकमा साविकको जिल्ला प्रहरी कार्यालयहरु रुकुम, नवलपरासीमा तोकिएको छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७