पूर्व सांसद तथा साहित्यकार जबराको निधन


२४ आश्विन २०७४, मंगलवार
पूर्व सांसद तथा साहित्यकार जबराको निधन

काठमाडौँ: नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।

उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पूर्व सांसद तथा साहित्यकार जबराको निधनपार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गर्नुृ भएको विज्ञप्तिमा पार्टीले उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

काठमाडौँको बबरमहलमा जन्मनुभएका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गरेको थियो । विसं २०१५ को आमनिर्वाचनमा उनले अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएको थियो ।गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेको स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गरेको थियो ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उनले नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएको थियो ।स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ ।उनले मदन पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७