इलाममा दुई लाख १० हजार मतदाता


२४ आश्विन २०७४, मंगलवार
Voter list

इलाम: आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता पुगेका छन् ।जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हुन् ।Voter list

निर्वाचन कार्यालयका अनुसार आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता कार्य सञ्चालन गरेको थियो । फोटो खिचाउनेमा विदेशबाट फर्किएका युवा धेरै रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७