प्रकाशमान सिंहकाे क्षेत्रमा रवीन्द्र मिश्र चुनाव लड्ने


२३ आश्विन २०७४, सोमबार
Rabindra Misra

काठमाडौं : विवेकशील साझा पार्टीले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नं १ बाट लड्ने भएका छन् । काठमाडौं १ कांग्रेस नेता प्रकाशमान सिंहको क्षेत्र हो ।

यो क्षेत्रमा दोस्रो संबिधानसभा निर्वाचनमा यो क्षेत्रमा सिंह सहित, एकीकृत नेकपा माओवादीबाट प्रचण्डपुत्री रेणु दाहाल चुनाव लडेका थिए । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी विजयी भएको क्षेत्र हो यो ।

Rabindra Misra

काठमाडौं क्षेत्र नं ५ मा उज्वल श्रेष्ठ

पार्टीका संयोजक मिश्र काठमाडौं क्षेत्र नं १, अर्का संयोजक उज्वलबहादुर थापा काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार बन्ने निर्णय पार्टीले गरेको प्रवक्ता रमेश पौड्यालले जानकारी दिए । उनका अनुसार, पार्टीले काठमाडौंको क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य सुबुना बस्नेत क्षेत्र नं ८ बाट पुकार बम र क्षेत्र नं ९ बाट मिलन पाण्डेलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझा पार्टीले गरेको छ ।

त्यस्तै क्षेत्र नं ७ बाट अनुपा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय सो पार्टीले गरेको छ । विवेकशील र साझा पार्टी मिलेर ७ महिना अघि निर्माण भएको विवेकशील साझा पार्टीले चुनाव चिन्ह ‘तराजु’ पाएको छ । त्यस्तै पार्टीले ‘अबको आशा स् विवेकशील साझा’ भन्ने चुनावी नारा तय गरेको प्रवक्ता पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७