अखिलद्वारा प्रदेश सभाको निर्वाचनमा २० जनाको नाम सिफारिस


२३ आश्विन २०७४, सोमबार
akhil krantikari

काठमाडौँ: असोज नेकपा एमाले निकट अनेरास्ववियुले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।akhil krantikari

आज बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष नविना लामासहित २० जनाको नाम प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ सिफारिस गरेको महासचिव ऐन महरले जानकारी दिए ।

उाकाअनुसार अध्यक्ष लामा प्रदेश सभाको प्रत्यक्ष तर्फ काभ्रेको निर्वाचन क्षेत्र नं १ बाट, प्रदेशतर्फ प्रत्यक्ष उपाध्यक्ष महेश बर्तौला मकवानपुर २, उपाध्यक्ष शैलेश लामा उदयपुर २, सचिव ओसिम आलमलाई मोरङ ५ र मकर खड्कालाई भोजपुर १ बाट उठाउने निर्णय गरेको छ ।

यस्तै समानुपातिकतर्फ अनुशासन आयोगका अध्यक्ष निशा अधिकारीलाई चितवन– ३, सम्झाना अधिकारीलाई पर्वत–४, कल्पना थापालाई दैलेख–२, लक्षण हायुलाई सिन्धुली–३ बाट, सचिव आरसी लामिछानेलाई गोरखाबाट प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा तथा कोषाध्यक्ष झपिन्द्र खत्रीलाई बर्दियाबाट समानुपातिकमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।22281927 121897131862035 4405457569353979741 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७