कलाकार उपहार उमंग: कुखुराको चल्ला देखी सुन औंठी सम्म


२३ आश्विन २०७४, सोमबार
kedar gimire suwasthima khadka

काठमाडौं: उपहार सबैलाई मन पर्छ । ‘सरप्राइज्ड गिफ्ट’ त झनै गज्जब लाग्छ । हाम्रा सेलेब्रिटीले केकस्तो सरप्राइज्ड गिफ्ट पाएका छन् । थाहा पाऔं, उनीहरुकै शब्दमाkedar gimire suwasthima khadka

अभिनेत्री स्वस्तिमा खड्का

suwastima khadka स्वस्तिमा खड्का

जुलाई तीनमा मेरो बर्थ डे थियो । श्रद्धा सिलवाल, मेरो बेस्ट फ्रेन्डसँग त्यो दिन भेट्नै पाइएन । उसले भोलिपल्ट बोलाई । दरबारमार्गको एउटा रेस्टुरेन्टमा हामी भेट्यौं । एकछिनपछि मेरो भाइ, अर्को एउटा साथी र निश्चल ९बस्नेत० ‘ह्याप्पी बर्थ डे टु यु।।।’ भन्दै आए । श्रद्धाले केक पनि ल्याएकी रहिछ । सबै खुसी भएर ताली पिट्न थाले । म चाहिँ अलिअलि नर्भसजस्तो भएकी थिएँ । मेरा लागि अहिलेसम्मकै बेस्ट सरप्राइज्ड गिफ्ट वा सेलेब्रेसन त्यही थियो । यद्यपि, उपहारका रूपमा जे सुकै पाउँदा पनि म एक्साइटेड भइहाल्छु । धेरैजसो मेकअप स्टफ पाउने गरेकी छु ।

 

केदार घिमिरे (माग्ने बुढा), कलाकारmagane buda kedar ghimire

 

फ्यानहरूले थरीथरीका उपहार दिनुहुन्छ । मोबाइल, ट्याब आदि धेरै पाउँछु । यस्ता उपहार पाउँदा अनौठो लाग्दैन । तर, एकपटक अचम्मै भयो । हङकङमा थिएँ । दर्शकसँग इन्ट्रयाक्सन कार्यक्रम थियो । बातचित भइसकेपछि एकजना लेडिज मेरो छेउ आउनुभयो । उहाँले एक डल्लो सुन दिनुभयो । ‘गिफ्ट हो, लिनुस् न’ भनेर कर गरेपछि अनकनाउँदै हात थापेँ । अहिले त्यसको औंठी बनाएको छु । सुन गिफ्ट पाइएला भनेर कहिल्यै सोचेको थिइनँ । सुन होइन, मलाई फूल दिएको भए पनि भइहाल्थ्यो ।

 

लुनिभा तुलाधर, रंगकर्मीलुनिभा तुलाधर रंगकर्मी

दोस्रो म्यारिज एनिभर्सरीको दिन थियो । तरकारी किन्न गएको श्रीमान् एकैछिनमा घर फर्किनुभयो । पैसा बिर्सिनुभयो होला भन्ठानेँ । तर, दुवै हात पछाडि लुकाउँदै उहाँ त ‘तेरो हात थाप्’ भन्दै कोठामा आउनुभयो । हात थापेँ । पहेँलो रङका दुइटा साना–साना चल्ला राखिदिनुभयो । म झसङ्गै भएँ । ‘बाटोमा जाँदै थिएँ, चल्ला बेचेको देखेँ, यही गिफ्ट दिन मन लाग्यो,’ उहाँले भन्नुभयो । मलाई पनि गिफ्ट मन परेको थियो तर घरबेटीले चल्ला राख्न दिनुभएन । दुई दिन पानी र भात ख्वाएर पालेको चल्ला पछि फुपूलाई दिनुपर्‍यो ।

 

गायकKamal Khatri कमल खत्री कमल खत्री

कन्सर्टका लागि पोहोर इटहरी पुगेको थिएँ । एकजना महिलाले निकै लामो खालको वस्तु दिनुभयो । फ्यानहरूको गिफ्ट त्यतिसाह्रो लिने बानी नभए पनि त्यो दिन च्याप्पै समाएछुु । आयोजकमध्येका एक जनालाई राखिदिन आग्रह गरेर गीत गाउन थालेँ । के हो, कसो हो यादै गरिनँ । पछि होटल गएर हेर्दा निकै भावुक भएँ । ह्यान्डमेड ग्रिटिङ कार्ड थियो । कार्डभरि मेरो फोटो टाँसिएको थियो, मेरो गीतको टुक्रा लेखिएका थिए, पत्रिकामा आएका मेरा तस्बिरका कटिङ थिए । त्यो बनाउन कति समय र मेहनत लाग्यो होला १ उहाँको सदाशयता देखेर धन्य भएँ ।

 

राधिका हमाल, दोहोरी गायिका

Radhika Hamal 09102017084048

परारको तीजमा हो क्या रे, लन्डनमा कार्यक्रम थियो । स्टेजमा मज्जाले गाउँदै थिएँ । दिदी–बहिनीहरू माला र खादा लगाउन स्टेजमै उक्लिरहनुभएको थियो । कोही चाहिँ फोटो खिच्न मलाई तानातान गर्दै हुनुहुन्थ्यो । त्यत्तिकैमा दुई जना दिदी सरासर स्टेजमा आएर मेरो हात तान्न थाल्नुभयो । घडी र सुनको चुरा भिराएर अँगालो मार्नुभयो । मैले नाइँनास्ती गर्ने मौका समेत पाइनँ । तर, छक्क परेकी थिएँ । ती उपहार महँगा थिए । ब्रान्डेड घडी र सुन गरेर करिब दुई लाख रुपैयाँको उपहार थियो । पछि ‘त्यस्तो महँगो चीज नदिएको भए हुने’ भन्दा उहाँहरूले ‘ठीकै छ’ भन्नुभयो । कान्तिपुर दैनिकबाट

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७