‘जीवन नै अभिनय क्षेत्रमा समर्पित गर्न चाहन्छु’


२२ आश्विन २०७४, आईतवार
Actor Prajawal Giri

सिन्धुपाल्चोकमा बाबा श्रीकृष्ण गिरी र आमा पद्मकुमारी गिरीको चौथो सन्तान प्रज्वल गिरी हाल परिवार सहित पेप्सीकोला काठमाडौँ बस्छन् । विगत लामो समयदेखि चलचित्र क्षेत्रमा संघर्षरत उनी रंगमंच हुँदै विभिन्न टेलिचलचित्रमा, चलचित्रहरुमा अभिनय गरिसकेका छन् । नायक प्रज्वल गिरी करिब ४ दर्जन माथि चलचित्रमा खेली सकेका छन् । कलिउडमा मात्र नभएर बलिउडमा पनि अभिनय गरिसकेका सबैसँग हँसिलो र मिजासिला भएकै कारण अहिले चलचित्रहरुमा  व्यस्त नायक प्रज्वल गिरीसँग एन बी अन्जानले गरेको संक्षिप्त कुराकानी :

Actor Prajawal Giri

तपाईँ चलचित्र क्षेत्रमा कसरी आउनु भयो ?
स्कुल पढ्दादेखि नै नाटक लेख्न र खेल्न खुब मन प¥र्थो । साथीहरूसँग मिलेर केही नाटकहरू गर्ने गर्थिउ । सानैदेखि अभिनयमा रुचि भएकै कारण होला सायद चलचित्र क्षेत्र सम्म डो¥याएको ।

तपाईको पहिलो खुड्किलो ?
बि.स. २०६० सालमा नेपाल टेलिभिजनबाट प्रशारित श्याम भट्टराईद्वारा निर्दे्शित टेलिचलचित्र “दुई थोपा आशु” नै पर्दाको पहिलो अभिनय हो । त्यस पछि टेलिचलचित्र सिउँदो, मिस नेपाल लगायतमा मुख्य भूमिका निर्वाह गरे ।
तपाईको पहिलो चलचित्र ?
पहिलो ठुलो पर्दाको चलचित्र भने “नाता मनको” हो । त्यसपछि “तिमि जहाँ भए पनि” चलचित्रमा नायकको भूमिकामा अभिनय गरे ।
कति चलचित्र खेलि सक्नुभयो ?
करिब चार दर्जन । नेपाली चलचित्रहरुमा मानव, लुट कम्पनी, बाउन्सर, सन्जोग, छल, जय पर्सुराम, निर्भय, ड्राइभर दाइ, हमजाएगा, अन्दाज, रावण, मेरो देश , अपरिचित लगायत २ दर्जन भन्दा माथि चलिसकेका चलचित्र हुन् । त्यस्तै चल्न बाकी चलचित्रहरुमा कुर्बान, कोइला, सरकार, च्यालेन्ज, चाल, नेपालीको शान, कैदी, सकस, सिमाना, चिनारी लगायत अन्य दर्जनाैं छन् ।
तपाईले बलिउड चलचित्र पनि खेल्नु भएको छ ?
दो जिस्म एक जान, क्रिस्टिना लगायतमा अभियन गरेको छु ।
कस्ता चलचित्रहरु खेल्न रुचाउनुहुन्छ ?
खेल्न त सबै खाले चलचित्र खेलेको छु । आफू खेलाडी भएको कारण नि हुनसक्छ विशेष गरेर एक्सन टाइपको चलचित्र खेल्न नै बढी रुचि लाग्छ ।
तपाईले खेलेका चलचित्रको विशेष नाम लिनु पर्दा ?
सबै चलचित्रहरु आ आफ्नो ठाउँमा महत्त्वपूर्ण छन् । आफ्नो जीवन करियर बदल्ने आशा लिएको नेपाली चलचित्र भने “कुर्बान” हो । यसमा धेरै नै मेहनत गरेको छु । जुन “कुर्बान” चलचित्र अहिले पोष्टपोडक्सनमा रहेको छ । त्यस्तै गरी अपेक्षित चलचित्र कोइला र सरकार पनि पोष्टपोडक्सनमा छन् ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले एकै साथ तिन चलचित्रहरु विरंगना, अवतार र सुर्यास्त सुटिङ भइरहेका छन् । एकै साथ सुटिङ परेका कारण समय मिलाउन निकै नै कठिन भइरहेको छ । ती चलचित्रहरुको सुटिङमै व्यस्त छु ।
तपाईको लक्ष्य ?
आफ्नो जीवन नै अभिनय क्षेत्रमा समर्पित गर्न चाहन्छु र चलचित्र क्षेत्रबाट नै विभिन्न सकारात्मक सन्देश प्रवाह गरी समाजलाई समुन्नत बनाउन चाहन्छु ।
अन्त्यमा केही भन्नु छ ?
सरकारले पनि चलचित्र क्षेत्रलाई आत्मसाथ गरी संरक्षण, सम्बर्दन तथा प्रर्बदन गर्ने हो भने नेपाली चलचित्रहरु पनि बलिउड र हलिउड सो सरह बनाउन सकिन्छ त्यसैले सरकारको नेपाली चलचित्रमा सकारात्मक सोच जाओस् । साथै सबैले नेपाली चलचित्रहरुलाई हेरेर माया गरिदिनुहोस् भन्न चाहन्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७