आयुक्तलाई अढाई करोडको विलासी गाडी


२२ आश्विन २०७४, आईतवार
Suv Motors

काठमाडौं : सरकारले निर्वाचन आयोगका हरेक आयुक्तलाई करिब अढाइ करोड रुपैयाँ पर्ने विलासी गाडी किनिदिने भएको छ । चर्को आलोचना र विवादका वावजुद अर्थ मन्त्रालयले आयोगलाई गाडि किन्न ११ करोड २० लाख रुपैयाँ बजेट खर्च गर्ने सहमति दिएको छ ।

Suv Motors

‘गाडि किन्न अर्थले बजेटको सहमति दिएको छ,’ आयोग स्रोतले भन्यो, ‘अब छिट्टै गाडि किन्ने प्रक्रिया सुरु गर्छौं ।’ आयोगले किन्न लागेको गाडी स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) हो । नेपालजस्तो गरिव देशमा धनाढ्यले मात्र चढ्न सक्ने यो गाडी सुविधा सम्मन्न र विलासी प्रकृतिको हुन्छ ।

आयोगमा प्रमुख आयुक्तसहित ५ आयुक्त छन् । अर्थले उनीहरुलाई ११ करोड २० लाख रुपैयाँ बजेट खर्च गर्ने सहमति दिएको हो । त्यस अनुसार हरेक आयुक्तका लागि २ करोड २४ लाख रुपैयाँको गाडि खरिद गर्न पुग्छ । यी गाडीको दर्ता र विमालगायतका काममा थप ३९ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोगले त्यसका लागि समेत बजेट विनियोजन गर्न सरकारलाई दवाव दिएको थियो । तर, सरकारले बजेट नदिएपछि यो रकम भने आयोगले आफ्नै स्रोतबाट गर्ने तयारी गरिरहेको छ । यससहित एउटा आयुक्तका लागि प्रत्येक एसयूभीमा करिब २ करोड ३२ लाख रुपैयाँ खर्च हुन्छ ।

आयोगले स्थानीय निर्वाचनको मौका छोपेर सरकारलाई यस्ता विलासी गाडि प्रक्रिया मिचेर बिना टेन्डर किन्न दवाव दिएको थियो । उक्त कुरा सार्वजनिक भएपछि आयोग र आयुक्तको तीब्र अलोचना भएको थियो । त्यसपछि सरकार पछि हटेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७