‘भ्रष्टाचारी प्रवृत्ति नै देश विकासको बाधक’


२२ आश्विन २०७४, आईतवार
shesh ghale शेष घले

चितवनः गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताएका छन् ।  विजय विकास स्रोत केन्द्र, गैँडाकोटको ३२औँ साधारणसभाको आज गँैडाकोटमा उद्घाटन गर्दै घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले शुरु गरेको अभियानमा अवरोध पु¥याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाए ।

shesh ghale शेष घले

विजय परिवारको कामबाट आफू प्रभावित बनेको बताउँदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्ति सामाजिक संस्थामा आबद्ध हुन नहुने विचार राखे । आफ्नो सफलताको पूर्ण जस श्रीमती जमुना घलेलाई दिएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी गरे ।

आफूले एनआरएनमा लागेर व्यवसायलाई समेत बिर्सिएको बताउँदै घलेले देश विकासका लागि युवा शक्तिलाई देशमा नै खपत गर्नुपर्ने बताए । घलेले एनआरएन स्वदेशमा लगानी बढाउने भावनाका साथ अगाडि बढेको बताए । घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाउँको विकासका लागि निकै भावनात्मक सम्बन्ध आफूसँग भए पनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गरे ।

साथमा एनआरएनका प्रतिनिधि पनि सहभागी रहेका थिए । एनआरएनएका युरोप संयोजक दील गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको बताए ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्सालले गराएको थियो ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७