शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?


२२ आश्विन २०७४, आईतवार
Top leader

काठमाडौं : मंसिर १० र २१ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस थालेका छन् । हालसम्म भएको उम्मेदवार सिफारिसमा केही शीर्ष नेताहरु एकभन्दा बढी क्षेत्रबाट उम्मेदवारको सूचीमा परेका छन् भने केही एक क्षेत्रमा मात्रै सिफारिस भएका छन् ।

Top leader

डडेल्धुरा कांग्रेसका दुई समूहले सभापति शेरबहादुर देउवालाई सर्वसम्मत सिफारिस गरेका छन् । देउवा ०४८ देखि नै डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । उनी पहिलो संविधानसभामा कञ्चनपुर र दोस्रो संविधानसभामा कैलालीबाट निर्वाचित भएका थिए ।

नेता पौडेल तनहुँ १ बाट सिफारिस भएका छन्, तर सर्वसम्मत हुन सकेनन् । सो क्षेत्रबाट गोविन्दराज जोशी, शंकर भण्डारी, गोविन्द भट्टराई र रामचन्द्र पोखरेल सिफारिस भएका छन् । क्षेत्र नं। २ बाट प्रदीप पौडेल, ध्रुव वाग्ले, पुष्पराज पराजुली, जितप्रकाश आले सिफारिस भएका छन् । नवलपरासी–१ बाट लड्दै आएका महामन्त्री डा। शशांक यसपटक क्षेत्र नं। २ बाट लड्दै छन् । तर, जिल्लाबाट सिफारिस आएको छैन । कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताको सिफारिस आउन बाँकी छ ।

मोरङ १ बाट डिकबहादुर लिम्बू, २ बाट सुजाता कोइराला र डा. मीनेन्द्र रिजाल, ४ बाट महेश आचार्य र डा. मीनेन्द्र रिजाल, ५ बाट अमृत अर्याल, ६ बाट डा. शेखर कोइराला र डा. डिला संग्रौला सिफारिस भएका छन् ।

नुवाकोट–१ बाट अर्जुननरसिंह केसी र डा. रामशरण महत सिफारिस भएका छन् । क्षेत्र घटेकाले उनीहरू प्रतिस्पर्धी भएका हुन् । क्षेत्र २ बाट डा. प्रकाशशरण महत, बहादुरसिंह लामा र जगदीश्वरनरसिंह केसी सिफारिस भएका छन् ।

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा–५ र सिरहा–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट सिफारिस भएका छन् । मधेस आन्दोलनको उद्गमस्थल सिरहाबाट चुनाव लड्न उनलाई पार्टीभित्रै दबाब छ । झापाबाट चारपटक निर्वाचित ओली पहिलो संविधानसभामा पराजित भएका थिए ।एमाले नेता माधव नेपाल काठमाडौं–२, रौतहट १ र ४ बाट सिफारिस भएका छन् । काठमाडौं–२ बाट पहिलो संविधानसभामा पराजित र दोस्रो संविधानसभामा निर्वाचित नेपाल यसपटक सोही क्षेत्रबाट लड्ने तयारीमा छन् । रौतहटमा स्थानीय तहमा एमाले शून्य भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल इलाम–१ बाट सर्वसम्मत सिफारिस भएका छन् । खनाल पाँचौँपटक उम्मेदवार सिफारिस भएका हुन् । ०५६ बाहेक उनी चारपटक सोही क्षेत्रबाट निर्वाचित भएका छन् । उपाध्यक्ष वामदेव गौतम बर्दिया–१ र प्युठान–१ बाट उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक यी दुवै क्षेत्रबाट जितेका उनले उपनिर्वाचनमा बर्दिया छाडेका थिए । यसपालि बर्दियाबाटै लड्ने तयारी गरिरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड चितवन–३ बाट सिफारिस भएका छन् । प्रचण्डको नामावली भतरपुर महानगर–४ मा छ । पहिलो संविधानसभामा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित उनी दोस्रो संविधानसभामा काठमाडौं १० बाट पराजित र सिरहा ५ बाट निर्वाचित भएका थिए ।

नेता नाराणकाजी श्रेष्ठ गोरखा–२ बाट सिफारिसमा परेका छन् । तर, एउटै गठबन्धन बनाएका नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई पनि यही क्षेत्रबाट चुनावमा उठ्दै छन् । माओवादी नेताका रूपमा दुईपटक निर्वाचित भट्टराई यसपालि सूर्य चिह्न लिएर उठ्दै छन् ।

रामबहादुर थापा ‘बादल’ चितवन–२ बाट सिफारिसमा परेका छन् । उनको घर भने चितनव–१ मा पर्छ । पहिलो संविधानसभामा चितवन–२ निर्वाचित बादल दोस्रो संविधानसभा बहिष्कारको पक्षमा सक्रिय थिए ।

उपप्रधानमन्त्रीसमेत रहेका माओवादी नेता कृष्णबहादुर महरा दाङ–२ बाट सिफारिस भएका छन् । उनी पहिलो संविधानसभामा दाङ–३ बाट र दोस्रो संविधानसभामा रोल्पा २ बाट निर्वाचित भएका थिए ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७