अब केकी फिल्म निर्मात्री


२१ आश्विन २०७४, शनिबार
Keki adhikari beautifull nepali actress

काठमाडाैं : नेपाली चलचित्रका अभिनेत्रीहरू फटाफट निर्मात्री तथा निर्देशक बन्ने क्रम जारी छ । यो सूचीमा केकी अधिकारीकाे नाम पनि थपिन्न भएकाे छ ।

Keki adhikari beautifull nepali actress

यसअघि पनि फिल्म ‘लभ शाशा’ मा कार्यकारी निर्मात्री बनिसकेकी केकी अब निर्मात्री भएर फिल्म बनाउन लागेकी हुन् । उनले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको साथमा डार्क कमेडी फिल्म बनाउन लागेकी हुन् ।

म्युजिक भिडियोका अब्बल निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने उक्त चलचित्रको छायांकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको छ । केकीसहित थप दुई अभिनेत्रीको मुख्य भूमिका रहने उक्त चलचित्रमा केही लोकप्रिय हास्य अभिनेताले समेत अभिनय गर्दैछन् । फिल्मको नाम भने टुंगो लाग्न बाँकी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७