प्रचण्डको देश-विदेश दौडाहा प्रधानमन्त्री बन्नलाई : शंकर पोखरेल

‘कालोधनलाई सेतो बनाउने आफ्नो प्रयास असफलपछि गभर्नर अधिकारीमाथि प्रहार’


४ श्रावण २०७९, बुधबार
shankar pokhrel
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् ।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो । बुधबार काठमाडौँमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क समेत गरे ।

महासचिव पोखरेलले भने, ‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ-तेस्रो/चौंथो पार्टी प्रधानमन्त्री खोज्न हिडिराखेको, भौतारीराखेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामथ्र्य राख्दैन। प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ । जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन। लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने प्रणाली हो । हो यहीँ मान्यताको पैरवी गरिएको हो ।’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए । उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेकोभन्दै आपत्ति समेत जनाए ।

महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता समेत व्यक्त गरे । महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उनी स्वमय्ले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक पटक दोहोर्‍याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७