तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक


१० भाद्र २०७९, शुक्रबार
Yogesh Bhattarai

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक पार्टी कार्यालय, च्यासल ललितपुरमा शुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा करिव ११। ३० बजे बैठक शुरु भएको हो ।

बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयहरूमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षा लगायतका विषयमा सम्वोधन गरेका छन् । सम्बोधनका क्रममा उनले वर्तमान गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लगिरहेको वताए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको पूर्वसन्ध्यामा हुन गइरहेको यस बैठकले उम्मेदवार छनौट प्रक्रिय र मापदण्ड निर्धारण गर्ने छ । बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमी कमजोरी छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत हुने छ । त्यस्तै बैठकले सचिवालय बैठकबाट भएको निर्णयहरूको अनुमोदन गर्ने छ ।

सचिवालयले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चारजना केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने छ ।

CPNUML KP Oli
Shankar Pokheral
KP sharma Oli 3
CPN UML meeting
Viajay Suabba
Yogesh Bhattarai
CPN UML 2
Bagawati
CPN UML 1

तस्बिर : राजन काफ्ले
अध्यक्ष ओलीको सचिवालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७