ओली–प्रचण्ड बैठक : सिट बाँडफाँटमा सहमति, आइतबार एकता समितिको बैठक


५ माघ २०७४, शुक्रबार
KP oli Parchanda

काठमाडौं, ५ माघ :  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा सदस्य सिट बाँडफाँट टुंगो लगाएका छन् । कार्यदलले राष्ट्रियसभामा एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने टुंगो लगाएको थियो ।  दुई नेताबीच झण्डै ३ घन्टा छलफल भएको थियो ।

KP oli Parchanda

बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुई नेताबीच वाम कार्यदलले टुंगो लगाएको सिट बाँडफाँटलाई अन्तिम रुप दिने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

दुई घण्टा भएको छलफलमा ओली र प्रचण्डबीच प्रदेश सरकार गठन र पार्टी एकताका विषयमा पनि छलफल भएको छ । दुवै विषयलाई अन्तिम रुप दिन शनिबार पुनः दुई अध्यक्षबीच थप गृहकार्य हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।

‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज मिति २०७४ माघ ५ गते ओली निवास बालकोटमा दिउसो १ देखि ४ बजेसम्म विभिन्न विषयमा छलफल भएको छ,’ उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘पहिलो,कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ । दोस्रो, प्रदेश सरकार गठनका बिषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । तेस्रो, पार्टी एकताका बिषयमा छलफल भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७