अाजकाे राशिफल : वि.सं. २०७४ साल असोज २० गते।


२० आश्विन २०७४, शुक्रबार
दैनिक राशिफल Daily Horoscope

शुक्रबार। इश्वी सन् २०१७ अक्टोबर ६ तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– प्रतिपदा, २२:५५ बजेउप्रान्त द्वितीया।

दैनिक राशिफल Daily Horoscope
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन । स्वास्थ्यमा सुधार आउनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । विगतका समस्या बल्झिन सक्छन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । शत्रुहरूले काममा अवरोध पुर्याउन सक्छन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयास गरेका काम ढिलै सफल भए पनि उपलब्धि राम्रै पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम सुरु गर्ने समय छ । व्यापार ब्यबसायमा मनग्य धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन । नयाँ कामको शुरुवात हुनेछ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरायसी काममा रुची बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयास गरे ब्यापार ब्यबसायबाट बिशेष लाभ मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । यात्रामा समस्या आउने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
 काममा परिवारको सहयोग जुटाउन सक्दा फाइदा हुनेछ । जमिनबाट सामान्य लाभ मिल्नेछ । पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मेहनत गरे काममा सोचे जस्तै सफलता मिल्नेछ । रोकिएका काम शुरु हुनेछन । परिवारका आकांक्षा पूरा गर्न सकिनेछ । मन खुसि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
परिवारको सहयोगमा नयाँ कामको थालनी हुनेछ । काममा सहयोगीहरूले पनि साथ दिनेछन । विगतको श्रमबाट भने लाभ हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७