सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ चाउचाउकाे उद्योग उद्घाटन


१९ आश्विन २०७४, बिहीबार
wiwi hcuchau europe 1

काठमाडौं : सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको उद्घाटन गरेका छन् । सर्वियाका राष्ट्रपति भुचिचले बिहीबार वाइवाई चाउचाउको उद्घाटन गरेको हो ।

wiwi hcuchau europe 1

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् ‘वाइवाइ युरोप’ को औपचारिक उद्घाटन भएको जानकारी गराको छ । ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा व्यवसायिक रुपमा उत्पादन सुरु गरेको हो । वाई वाईकाे नेपालमा ६ र भारतमा आठ प्लान्ट मार्फत उत्पादन भइरहेको छ । चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेबियामा पनि प्लान्ट स्थापना गर्ने तयारीमा रहेको छ ।

यस अघि भारतमा सिक्किमबाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) मा पनि रहेको छ ।

नेपाली लोकप्रिय ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएका हुन् । यसअघि वाइवाइले सर्वियाको रुमास्थित प्लान्टबाट व्यवसायिक उत्पादन शुरु गरेको थियो ।

कार्यक्रममा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पु-याउने विश्वास व्यक्त गरे । वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७