नवराज पराजुलीलार्इ पद्मश्री साहित्य पुरस्कार


१९ आश्विन २०७४, बिहीबार
Poet Nawraj Parajuli

काठमाडौँ : कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएकाे छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई  कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि बिहिबार प्रदान गरिएको हाे ।

Poet Nawraj Parajuli

त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पु¥याएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । दुवै पुरस्कार र सम्मानका साथ रु दुई लाख तथा प्रशंसापत्र छन् ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सिर्जना तथा समर्पणमा प्रतिस्पर्धा हुँदैन भन्दै आगामी वर्षदेखि पद्मश्री पुरस्कारका लागि १० कृतिको सूची दिइने जानकारी दिए । प्रतिष्ठानका सदस्य सचिव डा रवीन्द्र समीरले संस्थाको विगत तथा आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए ।

सम्मानित व्यक्तित्व शर्माले सम्मानले आफ्नो दीर्घ साधनाको मूल्यांकन भएकामा प्रसन्नता व्यक्त गरे। पद्मश्री साहित्य पुरस्कार विजेता पराजुलीले काव्यिक मन्तव्यसहित ‘रुख’ शीर्षक कविता प्रस्तुत गरेकाे थियाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७