पर्वत काँग्रेसले ६७ जनाको नाम सिफारिस


१९ आश्विन २०७४, बिहीबार
nepali congress flag

फलेवास : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । 

nepali congress flag

तीन÷तीन जनाको नाम छनौट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए।

असोज १७ गतेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न केन्द्रीय समितिले जिल्ला समितिलाई परिपत्र गरेको भएपनि सहमति हुन नसकेपछि आज बिहान मात्र आकांक्षी ६७ जनाको नाम केन्द्रीय समितिमा पठाइएको भुसालले जानकारी दिए।

केन्द्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीन÷तीन जना सम्भावितको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तोकिएको भन्दा तीन गुणाबढी नेताले दाबी गरेपछि सहमति हुन नसकेको नेपाली काँग्रेस पर्वतका सचिब विश्वप्रकाश प्रसाईले जानकारी दिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७