कांग्रेसको प्रचारमा खटेका प्राधिकरण प्रमुख पोखरेललाई प्यूठान छाड्न आदेश


१९ आश्विन २०७४, बिहीबार
Gobinda Pokheral

काठमाडाै आश्विन १९, कांग्रेसको चुनावी प्रचारमा खटेका निर्वाचन आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ । आयोगले पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आदेश पनि दिएको छ ।

Gobinda Pokheral

उनले विभिन्न स्थानमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख पोखरेलले असोज १० देखि १८ गतेसम्म प्यूठानका विभिन्न स्थानमा कांग्रेस कार्यकर्तासँग भेटघाट गरेका थिए । कांग्रेस जिल्ला कमिटीले उनको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ । आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले बिहीबार प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउन निर्देशन दिएका आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

बिहीबार लेखेको पत्रमा भनिएको छ, ‘पोखरेलले १० असोजदेखि प्यूठान जिल्लाका विभिन्न स्थानमा कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निजलाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’

Election ayog

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७