प्रतिगमन विरुद्धमा विराटनगरमा शक्ति प्रर्दशन (फोटो फिचर)


१६ माघ २०७७, शुक्रबार
Madhav Nepal CPN

मोरङ, १६ माघ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध शुक्रबार विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले विशाल प्रर्दशन गरेको छ । कार्यक्रमलाई नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटि सदस्य योगेश भट्टराई लगायतले सम्बोधन गरेका थिए

कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ ले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने गरिरहेको बताए ।

प्रचण्डको प्रश्न : गणतन्त्रका लागि छोराछोरी आन्दोलनमा सहभागी गराउनु मेरो गल्ती हो ?

अध्यक्ष प्रचण्डले ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्‍यो भनेर आरोप लगाउने र अपमानित गरेको बताए । आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो रु’ भनेर प्रश्न सोध्ने गरेको पनि दाहालले बताएका छन् ।

प्रचण्डले सभामै यसबारे प्रष्ट पार्दै भने, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो रु मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो रु मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो रु मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौं मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो रु’

त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको बताएका छन् । प्रचण्डले भने, ‘म तपाईहरुसँग न्याय चाहन्छु । केपी ओलीले अत्याचार गर्न खोजे शान्ति र समृद्धिको नयाँ युगतिर लैजान पहल गर्‍यो, जसले त्याग र बलिदानीको कीर्तिमान बनायो त्यसको हुर्मत लिने त्यसलाई ह्युमिलियट गर्ने अपमानित गर्ने रु तर राजा–महाराजा र तिनका दलालहरुलाई चाहिँ सम्मान गर्ने सही हो । म तपाईंहरुसँग प्रश्न गर्न चाहन्छु के मैले गल्ती गरेको हो ?’

अध्यक्ष प्रचण्डले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर के मैले गल्ती गरेको हो रु छोराछोरी भएपछि बिहेबारी हुन्छ, ज्वाइँ हुन्छन्,’ प्रचण्डले भने, ‘धर्म छोराछोरी भन्दै कोचाउने चाहिँ सही हो रु जसलाई मन लाग्यो त्यसलाई आफ्ना हनुमानहरुलाई आफ्ना छोराछोरी भन्नु मात्रै सही हो ?’

आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै प्रचण्डले थपे, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’

पछारिइसकेका ओली खुट्टा उचालेर ‘मेरो खुट्टा त माथि नै छ’ भन्दै छन् : अध्यक्ष नेपाल
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिङ–जुरो निर्वाचन आयोगले फुकाली दिइसकेको बताए । र्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिइसकेको बताए ।

अध्यक्ष नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

अध्यक्ष नेपालले भने, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीं हुनुहुन्छ, माधव नेपाल यहीं छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए ?’
उनले थपे, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना जति छन्, ती विचरा सय जना पनि कहाँ आएर फसियो भन्दै छन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’ प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताए ।

देश विकास गर्नुको सट्टा ओली भष्मासुर भएर निस्किए : वरिष्ठ नेता खनाल
वरिष्ठ नेता झलनाथ खनालले देशको गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती र भष्मासुर बनेर निस्किएको बताए । खनालले ओलीले अलोकतान्त्रिक कदम उठाई देश र जनतालाई धोका दिएकाले आफूहरु वाध्यताले सडक संघर्षमा उत्रिनु परेको बताए ।

‘हामी फेरि एक पटक सडकमा आएका छौं । किनभने प्रधानमन्त्री केपी ओली जस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिष्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर ती मान्छे भष्मासुर रहेछन् ।’

उनले देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा केपी ओलीका कारण सिङ्गो देश आन्दोलित बन्नु परेको भन्दै नेता खनालले प्रतिक्रिवावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनु पर्ने अहिलेको आवश्यकता भएको बताए । उनले अहिलेको एक मात्र काम संसद पुनस्स्र्थापना गर्नु रहेको बताउँदै प्रचण्ड–नेपाल पक्षले नेतृत्व गरेको नेकपामा दुई तिहाई पार्टी सदस्य रहेको दाबी गरे ।

त्यसैले निर्वाचन आयोगले संविधान बमोजिम आफ्नै पार्टीलाई आधिकारिकता दिने विश्वास उनले व्यक्त गरे । त्यस्तै उनले सर्वोच्च अदालतले कानुन बमोजिम प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सहि निर्णय गर्ने भन्दै अदालतलाई आफूहरुले सम्मान गरेको बताए ।

Prachanda 3
madhav Nepal 4
JN Khanal
Madhav Kumar Nepal 3
KP oli Vs Nepali people
Nepal communist party VS KP Oli
CPN Nepal
Biratnagar CPN
CPN Leaders
Madhav Nepal CPN
Wasim Alam

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७