२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा


१९ आश्विन २०७४, बिहीबार
jail

काठमाडौं : जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं। १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

jail

प्रदेश नं। १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो । तर, ती प्रहरीहरुले भने विना कुनै कारण आफूहरुलाई घर जानसमेत नदिई थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीलाई तालिम दिएको थियो । गत २५ भदौमा उनीहरुलाई तालिम केन्द्रमा तानेर अनुशिक्षण तालिम दिइएको थियो ।

सूचना संकलनको काम प्रभावकारी रुपमा नगर्ने घुमुवा प्रहरीहरुलाई हटाएर पुनर्ताजगी तालिम दिन थालिएको प्रदेश नं. १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७