एमाले-माओवादीको तालमेल सकारात्मक : मोहनविक्रम


१८ आश्विन २०७४, बुधबार
Mohan Bikram Sing

काठमाडौँ, १८ असोज :  नेकपा मसालले नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रहेको जनाएको छ । तर, त्यो एकता वामएकता हुन नसक्ने उसको जिकिर छ ।

Mohan Bikram Sing

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने उल्लेख छ । तर उनले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुरायाउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको दाबी गरेका छन् । सिंहले भनेका छन् ‘किनभने त्यो एकीकरणमा सामेल भएका सबै पक्षहरूको माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भैसकेको छ र उनीहरूले दक्षिणपन्थी दिशा लिएका छन् । त्यो अवस्थामा त्यसले क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माणमा मद्दत पुराउने कुराको आशा गर्न सकिन्न । तर त्यो विषयमा बेग्लै सैद्धान्तिक छलफल चलाउने विचारलाई सुरक्षित राख्दै देशको अहिलेको राजनीतिक स्थितिमा त्यो एकीकरणले सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो मत छ । ’

मसालले माओवादी केन्द्रले नेपाली काँग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै आएको सन्दर्भमा एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ । भनेका छन्, ‘हामीले त्यो बेला नै त्यसको आलोचना गरेका थियौ र त्यस प्रकारको कदमबारे पुनर्विचार गर्न प्रचण्डलाई सुझाव दिएका थियौ ।’

मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ । मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिँदै आएको छ ।  मसालले सप्तरीको तिलाठीका देवनारायण यादव र उनका छोरा समेतलाई सीमावर्ती भारतीय सशस्त्र बलद्वारा गिरफ्तारीको विरोध गर्दै उनीहरूको शीघ्र रिहाइको माग पनि गरेको छ ।
–––

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७