पहिरोका कारण सोताङमा १३ घर उच्च जोखिममा


१८ आश्विन २०७४, बुधबार
solukhumbu V1o9LBKu5q

सल्लेरी: सोलुखुम्बु सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
वर्षासँगै चाम्खु खोल्साको कटान बढ्दै गएपछि जमिन चिराचिरा हुँदै बग्न थालेको पीडित नैनबहादुर राईले बताए ।solukhumbu V1o9LBKu5q

२०७२ सालको भूकम्प पश्चात निरन्तर बग्न थालेको उक्त पहिरो घर नजिकै पुगेको राईको भनाइ छ । केही दिनदेखि निरन्तर वर्षाका कारण पहिरो बढ्दै गएपछि स्थानीयवासी रातभरि जाग्रम बस्ने गरेको बताउँछन् ।

दिउँसो घाम लाग्ने र रातमा पानी पर्दा जमिन चिराचिरा भई बग्दै जाने गरेका कारण गाउँले त्रसित बनेका हुन् । स्थानीय इन्द्रकला राई, छलिलाल राई, धन रुपी राई र नैनबहादुर राईको घर नजिकै पहिरो पुगेको छ ।

पहिरो रोकथामको लागि सम्बन्धित निकाय समक्ष गुहार मागे पनि सुनुवाइ नभएको पीडितको भनाइ छ । पहिरोका कारण स्थानीयवासी नैनबहादुर राईको करिब चार रोपनी क्षेत्रफलमा लगाइएको अलैँची समेत बगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७