व्रिदोह गर्ने गोपाल किरातीको घोषणा


१८ आश्विन २०७४, बुधबार
Gopal Kirati

Gopal Kirati

 

काठमाडाैं :  नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किरातीले हिजो भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबिचको तालमेल र एकताको घोषणाको बिरोधमा विज्ञप्ति निकालेका छन् । किरातीले यसलाई श्री प्रचण्ड समूहले निर्णयको संज्ञा समेत दिएका छन् । उनले व्रिदोहको समेत चेतावनी दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।’

किरातीले बुधबार आम्चोक गाउँपालिका, भोजपुरबाट विज्ञप्ति जारी गर्दै यो कदम दक्षिणपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत भएको दाबी गर्दे त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारीहरुलाई विशेष आह्वान समेत गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।’

उनले हिजोको कदमलाई एमालेमा विलयको घोषणाको रुपमा व्याख्या गर्र्दे माओवादी केन्द्र पून : गठन भेला आयोजक समिति निर्माणको आह्वान समेत गरेका छन् । उनले भनेका छन्, ‘श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पून : गठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु । भेला आयोजक समिति गठन अघि एक पटक प्रचण्डसँग वार्ता गर्ने बताएका छन् ।

किरातीले जारी गरेको विज्ञप्ति यस्तो छ –
माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान :-

(१) माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।

(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसंग वार्ता गरिनेछ ।

(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नया आधारमा माओवादी केन्द्रलाई पून:गठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७