कागबेनी बस दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो


१८ आश्विन २०७४, बुधबार
accdent

मुस्ताङ: तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई बुधबार बिहान काठमाडौँ पठाइएको छ।accdent

दुर्घटनामा घाइते भएका २० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए।उनकाअनुसार दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८ का गणेश सुवेदी र कीर्तिपुर–१२ का शर्मिला दुलालको शव पनि आफन्तको जिम्मा लगाएर हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

मृतक सवारी चालक बागलुङका खेमबहादुर बुढामगरको शव भने जिल्ला अस्पताल मुस्ताङमै राखिएको छ। खेमको सवलाई पनि आफन्त आएपछि बागलुङ पठाउने तयारी भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए।

मुक्तिनाथ दर्शन गरी जोमसोम फर्कंदै गरेको ग१ ख५५२९ नम्बरको बस ‘बे्रकफेल’ भई दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए। मंगलबार साँझ नै थप उपचारका लागि पठाउनुपर्ने भए पनि हेलिकप्टर सम्भव नभएकाले बिहानमात्रै पठाइएको प्रहरीले जनाएको छ। ‘घाइते सबै खतरामुक्त छन्’, प्रनाउ पाण्डेले भने। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७